Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने
गाउँपालिका अध्यक्षले मन्दिर निर्माण गर्न नदिएको दलितको आरोप
रसुवा बाढीमा मधेशका २ जनाको शव सनाख्त
थातथलो छाडेर काजकिरिया
७ वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक
बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

अङ्ग्रेजी नयाँ वर्षमा सर्लाहीका पर्यटकीय स्थल भरिभराउ


राजिव शाह

राजिव शाह

January 1, 2025 at 5:02 pm


अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज सर्लाहीका विभिन्न पर्यटकीय स्थलहरूमा मानिसहरूको घुइँचो लागेको छ। बागमतीस्थित निर्माणाधीन ताल, सर्लाही–रौतहटको सीमामा पर्ने नुनथर, चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल, पत्थरकोट, सागरनाथ, र कैलाशपुरीजस्ता पर्यटकीय स्थलहरूमा भीडभाड देखिएको हो।
बागमती र नुनथरका माछा पोखरीमा नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरूको पनि उल्लेख्य उपस्थिति छ। यसलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवाले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बिहान ६ बजेदेखि राति १२ बजेसम्म ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकजाँच गरिरहेको छ। भारतको बिहारमा मदिरा निषेध भएपछि सीमावर्ती क्षेत्रका भारतीय नागरिक नयाँ वर्ष मनाउन नेपाल आउने गरेका छन्। मलङ्गवा नाकाबाट मात्र ३०० सवारी साधन नेपाल प्रवेश गरेका छन्। बागमतीको निर्माणाधीन पोखरीमा करिब १०,००० मानिसले नयाँ वर्ष मनाएको अनुमान छ। यसले भन्सार राजस्व र व्यापारमा सकारात्मक प्रभाव परेको छ।
पछिल्ला वर्षहरूमा सर्लाहीमा पनि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली नयाँ वर्षजस्तै महत्त्वका साथ मनाउने प्रचलन बढेको छ।

प्रतिक्रिया !

सम्बन्धित खबर

कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने

गाउँपालिका अध्यक्षले मन्दिर निर्माण गर्न नदिएको दलितको आरोप

रसुवा बाढीमा मधेशका २ जनाको शव सनाख्त

थातथलो छाडेर काजकिरिया

७ वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बाढी पीडितलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा सहयोग

धनकौलमा ४ दिनदेखि बेपत्ता बालिका मृत फेला

सर्लाहीमा उल्लेख्य राहत संकलन, मनग्य नगद सहयोग


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL