जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले एच पि भी खोप संचालनका लागि तयारी सुरु गरेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले राष्ट्रिय खोप कार्यक्रम सर्लाहीमा माघको पहिलो हप्ताबाट सुरु हुने  स्वास्थ्य कार्यलय सर्लाहीले जनाएको छ ।
एच.पि.भी एक प्रकारको भाइरस हो ।यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघर मुखको क्यान्सर प्रमुख कारक एच.पि.भी हो ।
एच.पि.भी खोप पुर्व तयारी बारे  जिल्लाका २० वटै पालिकाका स्वास्थ्यप्रमुखहरु संगको अन्तरकृया गोष्ठी गरेर जानकारी गराईने स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशिल कुमार झाले जानकारी बताउनुभयो ।