सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत काठमाण्डूले आइतवार बयान लिएको छ।

उनको बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको अधिकारीहरूले बताएका छन्।

जिल्ला अदालतका काठमाण्डूका स्रेस्तेदार रामु शर्माले बीबीसीसँग भने, “थुनछेक बहस नसकिएकाले त्यो कायम हुँदासम्मका लागि प्रहरी हिरासतमा पठाउनु भन्ने न्ययाधीशज्यूको आदेश बमोजिम उहाँलाई प्रहरीकहाँ पठाइएको छ।”उनका अनुसार सोमवार लामिछानेलाई फेरि अदालतमा उपस्थित गराइने छ र थुनछेक बहसले निरन्तरता पाउने छ।उनका अनुसार सोमवार लामिछानेलाई फेरि अदालतमा उपस्थित गराइने छ र थुनछेक बहसले निरन्तरता पाउने छ।