हेल्पिङ ह्यान्ड फर रिलीफ एन्ड डेभलपमेन्ट (अमेरिका) संस्थाले सर्लाही सदरमुकाम प्रादेशिक अस्पताल मलंगवालाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। “इन काइन्ड गिफ्ट प्रोग्राम डिस्ट्रिब्युसन अफ मेडिकल इक्विपमेन्ट एन्ड सप्लाइज २०२४” अन्तर्गत ५४ लाख ८७ हजार १९ रुपैया रकमको सामग्री स्वास्थ्य उपकरण र सामग्रीहरू वितरण गरिएको हो। अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिस कुमार साहको अध्यक्षता नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व गृह राज्यमन्त्री रिजवान अंसारीको प्रमुख अतिथ्तामा बिहिवार एक कार्यक्रम बिच सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा स्थानिय समाज विकास केन्द्र सर्लाही अध्यक्ष एवं मधेस प्रदेशका पुर्व गृह तथा सञ्चार मन्त्री बिमला अंसारी, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,मलंगवा नगरपालिका उपप्रमुख शकुन्तला देवी साह,मलंगवा अस्पताका प्रमुख मे.सु संजिव कुमार सिंह,मलंगवा नगरपालिका,८वडाध्यक्ष मुकेश कुमार जयसवाल,हेल्पिङ ह्यान्ड फर रिलीफ संचालक जिव पोखरेल,स्थानिय समाज विकास केन्द्रका टेक बहादुर थापा, लगायत नेपाल पत्रकार महासंघ सर्लाही शाखा महिला उपाध्यक्ष बन्धना झाको आतिथ्यता रहेको थियो ।

प्रादेशिक अस्पताल मलंगवाले हेल्पिङ ह्यान्ड फर रिलीफका कार्यक्रम संचालक जिव पोखरेल स्थानिय विकास समाजका प्रतिनिधिहरुलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको प्रादेशिक अस्पताल विकास समितिले जनाएको छ ।

सहयोग सामग्रीले सरकारी अस्पताल मलंगवामा आउने असहाय गरिब जनतालाई सहयोग पुग्ने अपेक्षा लिएको कार्यक्रमका प्रमुख अतिथि मोहम्द रिजवान अंसारीले बताउनुभयो । साथै उहाँले अस्पतालको विकासमा अस्पताल समिति वा कर्मचारीले मात्र होईन कि यहाँका स्थानिय जनताले पनि चासो राख्नुपर्ने बताउनुभयो । कार्यक्रमले नेपालका स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन तथा आवश्यक उपकरणको अभाव कम गर्न सहयोग पुर्‍याउने लक्ष्यका साथ अस्पतालमा आउने गरिब बिरामीहरुलाई सेवा संचालनमा सहयोग पुग्ने लक्ष्य लिएको छ।

संस्थाले स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले सर्लाहीका बिभिन्न पालिकाहरुमा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको स्थानिय समाज विकास केन्द्रका कार्यक्रम प्रमुख टेकबहादुर थापाले बताएका छन् । हेल्पिङ ह्यान्डले नेपालमा राहत तथा विकासका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै स २०१८ देखि २०२४सम्म करिब रु७०करोड मुल्य बराबरको सामग्री सर्लाही सहित देशभरी वितरण गरिएको सहयोगी संस्था कार्यक्रम प्रमुख जिव पोखरेलले बताउनुभयो। कार्यक्रम सन् २०२४ भित्रका हस्तान्तरण गर्नु पर्ने सामग्री वितरण गर्न ५ महिना ढिलो भएपनि प्रादेशिक अस्पताल मलंगवाले पहिलो पटक यती ठुलो रकमको सामग्रीले अस्पताललाई उपलब्ध भएको संस्थाले जनाएको हो ।

अस्पताल समितिका अध्यक्ष सतिश कुमार साहले महत्वपुर्ण समयमा बजेट नभएको अवस्थामा भर्खरै नयाँ भवनमा सेवा विस्तार गरेको उपयुक्त समयमा सामग्री उपल्बध गराईदिएकोमा संस्थालाई हृदय देखी धन्यवाद व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रम संचालन स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. सचिन यादवले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडध्यक्ष मुकेश कुमार जयसवालले राख्नुभएको थियो ।