सर्लाहीको हरिवन वडा नं. ८ नारायण चोकमा रहेको गोर्खा एकेडेमीले आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । बिभिन्न कार्यक्रम गरी बिद्यालयले पाँचौं बार्षिकोत्सव मनाएको हो । बिद्यालयका संस्थापक अप्सरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालिका वडा नं.८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गानाको प्रमुख आतित्यथा रहेको थियो भने ईलाका प्रसासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, ईलाका प्रहरी कार्यालयका निरिक्षक किशोर लामा, पूर्व शिक्षक तथा समाजसेवी जयशंकर सिंह लगायत अभिभावकको उपस्थिती रहेको यस बिद्यालयका संस्थापक तथा प्रधानाध्यापक सुवास घिमिरेले बताए ।

यस अवसरमा बिद्यालयमा लामो समय सम्म योगदान पुुर्याएवापत दुई शिक्षकलाई सम्मान गरिएको छ । सम्मान पाउनेमा रविता कार्की र रिजवान खातुन रहेका छन् ।

त्यस्तै, शैक्षिक बर्ष २०८० मा बिद्यालयले दिएको कप्तानको भूूमिकामा सफलतापूूर्वक निर्वाहा गरेकोमा दुई बिद्यार्थी क्षात्र तर्फ सक्षम पोखरेल र क्षत्रा तर्फ सुमारीका कार्कीलाई कदर पत्रले सम्मान गरिएको थियो ।

मिस्टर गोर्खा मिस गोर्खा अफ द ईएर, गोर्खा ताईक्वान्दो द्धारा काँटा प्रस्तुत, बिभिन्न खेलकुद लगाएत साँस्कृतीक कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गरिएको बिद्यालयका संस्थापक तथा प्रधानाध्यापक घिमिरेले बताए ।