नेकपा (माओवादी केन्द्र) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिवार सर्लाही आइपुगेका छन् ।

नेकपा (माओवादी केन्द्र) ले झापाबाट सुरु गरेको “जनतासंग माओवादी तराई–मधेश जागरण अभियान” अन्तर्गत आजै महोत्तरीको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड र पार्टीका शिर्ष नेताहरु सर्लाही आइपुगेका हुन् ।

प्रचण्ड सहित पार्टीका शिर्ष नेताहरुलाई सर्लाहीमा भव्य स्वागत गरिएको छ ।

सदरमुकाम मलंगवाको कभर्ड हलमा शुक्रवार हुने माओवादीको “जनतासंग माओवादी तराई- मधेश जागरण अभियान” खबरदारी सभा कार्यक्रमको भव्य तयारी गरिएको पार्टीका नेता मनोज सहनीले जानकारी गराएका छन् ।

“जनतासंग माओवादी तराई- मधेश जागरण अभियान” लिएर अध्यक्ष प्रचण्ड सहितका नेताहरु अहिले मधेश दौडाहामा छन् । अभियान मधेसको हुलाकी राजमार्ग हुँदै अगाडी बढिरहेको छ ।