भारतका लागि नेपाली राजदूत शंकर शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले सोमबार अपराह्न आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल भारत सम्बन्धको बहुआयामिक पक्षमा कुराकानी भएको राजदूत शर्माले उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘गोरखपुरमा प्ररणादायी गोर्खा म्यूजियम सुरु गरेकामा म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु ।’

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शर्माको आदित्यनाथसँगको भेटबारे थप बताएको छैन । तर, मन्त्रालय स्रोतका अनुसार, भेटका क्रममा नेपालमा राजावादी समूहको हिंसात्मक प्रदर्शनको विषयबारे पनि कुराकानी भएको छ ।