६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सर्लाहीको मलंगवा स्थित महेन्द्र होटलमा विशेष कार्यक्रम आयोजना गरि मनाईएको छ । उक्त कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री कौशल किशोर राय साथै, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, द सहारा लोन सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटीका प्रबन्धक नागेन्द्र चौधरी, भारत साह ,सुभद्रा देवी महतो,धनेश्वर महतो,हरिन्द्र राउत लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले सहकारी संस्थाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै, सहकारी मार्फत स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याएको कार्यक्रमका प्रमुख अतिथि एवम् मन्त्री रायको भनाई छ ।सहकारी दिवसको उपलक्ष्यमा जिल्लाका बिभिन्न ठाउँबाट सदरमुकाम मलंगवामा भेलाभई नगर परिक्रमा गरेका थिए । यसैगरी आज बुधवार सर्लाहीका बिभिन्न पालिकाहरुमा पनि सहकारी दिवसको भव्ययताका साथ सम्पन्न गरेको छ ।