जनमत पार्टीले चन्द्रनगर गाउँपालिका–स्थित नादी तालमा आयोजना गरेको विशाल आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम आज भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै जनमत पार्टीले ल्याएको नौलो गणतन्त्रको अवधारणा र मधेसको समृद्धिका लागि लिएको मार्गचित्रबारे धारणा राखे। उनले जनताको परिवर्तनको चाहनालाई जनमत पार्टीले पूरा गर्ने दाबी गरे।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले समेत सम्बोधन गर्दै पार्टीमा नयाँ प्रवेश गरेका सदस्यहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा विभिन्न गाउँबाट ठूलो संख्यामा नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सयौंको संख्यामा नयाँ कार्यकर्ताहरूले पार्टी प्रवेश गरेका जनाइएको छ। कार्यक्रमको आयोजना जनमत पार्टी परिवार, चन्द्रनगर गाउँपालिकाले गरेको थियो।इन्चार्ज किशोर महतोले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गरे।