सर्लाहीको कविलासी नगरपालिका–८ स्थित नवलपुर–मलंगवा सडकखण्डमा भारतीय मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

आज साँझ करिब ६ बजेतिर गैरतर्फबाट मलंगवा जाँदै गरेको नम्बर नखुलेको भारतीय मोटरसाइकलले बाटो काट्दै गरेका सोही ठाउँका विबेक पासवानका छोरा ६ वर्षीय गुगल पासवानलाई ठक्कर दिएको हो।

दुर्घटनामा बालकका दुबै खुट्टा, मुख र बायाँ हातमा चोट लागेको छ। उनको स्थानीय किल्निक, कविलासीमा उपचार भइरहेकोजिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्  खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि सोही मोटरसाइकलमा पछाडि सवार रहेका भारत, जिल्ला सीतामढी, ग्राम पंचायत सिंहाचौरी–७ पचरुका निवासी २६ वर्षीय संजीव कुमार गोस्वामीलाई इलाका प्रहरी कार्यालय हरिपुरले नियन्त्रणमा लिएको छ।