मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहयोग तथा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२” को औपचारिक उद्घाटन कार्यक्रम बिहीवार सम्पन्न भएको छ।

कार्यक्रम बिहान सदरमुकाम मलंगवा जिविस चोकबाट प्रभातफेरीसहित सुरु भई बजार परिक्रमा गर्दै मलंगवा नगरपालिका चोकमा सभामा परिणत भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह र प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर र “ट्राफिक सप्ताह २०८२” लेखिएको ब्यानरसहितको बेलुन उडाएर गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तुलसी बहादुर श्रेष्ठ र विशिष्ट अतिथि कौशल किशोर सिंहले सडक दुर्घटना न्यूनीकरणका लागि समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले गर्नुभएको थियो। उहाँले समापन मन्तव्यमा सडक सुरक्षामा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै, यस्ता सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक राजोश घिमिरेले संचालन गरेको कार्यक्रममा मलंगवा नगरपालिकाकी उप–प्रमुख शकुन्तला देवी शाह, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, सेनानी विनिता अधिकारी, अनुसन्धान विभाग प्रमुख रिझन यादव, पत्रकार महासंघ अध्यक्ष ओम प्रकाश ठाकुर, यातायात व्यवस्था कार्यालयका प्रमुख शशि प्रसाद यादव लगायत स्थानीय विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी, रेडक्रस, यातायात व्यवसायी, विद्यार्थी, सुरक्षा निकाय तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा सार्वजनिक सवारी साधनहरूमा “म जिम्मेवार चालक” भन्ने स्टिकर टाँस गरिएको थियो ।