नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष बन्दना झाको पहलमा सर्लाही सदरमुकाम मलंगवामा आज एक विशेष कार्यक्रमका बीच दुई दिने पत्रकारिता तालिमको उद्घाटन गरिएको छ।

कार्यक्रमको अध्यक्षता बन्दना झाले गरेकी थिइन् भने कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण प्रमुख अतिथि थिइन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली कांग्रेस नेता विनय कर्ण, सशस्त्र प्रहरी बलका प्रमुख देव बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राई, पहिचान नेपालका जिल्ला परियोजना संयोजक अब्दुल सहमद (नगमा) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तालिम तराई मधेस कानुन विधार्थी समाजको संयोजन तथा कविलासी नगरपालिकाको आयोजनामा सुरु तालिममा पत्रकारिता क्षेत्रका प्रशिक्षक मनोज कुमार यादव र रामबाबु खडकाले सहजीकरण गर्नेछन्। कविलासी नगरपालिकाका २५ जना विध्यार्थी सहभागी छन्।

मलंगवा स्थित महेन्द्र होटलमा दुई दिनसम्म सञ्चालन हुने उक्त आधारभूत पत्रकारिता तालिमले विध्यार्थीहरूलाई पत्रकारिताको प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।