सर्लाही सदरमुकाम मलंगवा नगरपालिका रहेको होटल कुसुमले आफ्नो सेवा विस्तार गर्दै पहिलो पटक स्विमिङ पूल, बार र रेस्टुरेन्टसहितको सुविधा सार्वजनिक रूपमा सञ्चालनमा ल्याएको छ।

सेवा विस्तारको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री तथा पूर्वजिल्ला सभापति नगेन्द्र कुमारले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन्।

होटल सञ्चालक सन्तोषकुमार जयसवालले नयाँ सेवा सुविधाले मलंगवा र वरपरका ग्राहकहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा र आनन्ददायी वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, यो सेवा विस्तारसँगै मलंगवा आसपासका मानिसहरूलाई विश्राम र मनोरञ्जनको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। उद्घाटन कार्यक्रममा सहभागी प्रमुख अतिथिहरूमा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र सिंह, उपसभापति डा। सरोज कुमार यादव, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव, कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय,पुणम कर्ण र मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साह लगायत अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए।

होटल कुसुमका अध्यक्ष नगेन्द्र चौधरीले भने,मलंगवामा पहिलोपटक यस्तो स्तरीय सेवा सुरु गरिएको हो, जसले अब यहाँका नागरिक मात्र होइन, छिमेकी भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्नेछ। विद्यार्थीहरूका लागि विशेष छुटसहित स्विमिङ पूल सुविधा पनि प्रदान गरिनेछ।”

कार्यक्रममा नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी, पत्रकार, समाजसेवी लगायत स्थानीयहरूको समेत उपस्थिति थियो।