निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सर्लाहीका अधिकांश स्थानीय तहहरूले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बलरा, गोडता, हरिपुर्वा, हरिपुर कौडेना, चन्द्रनगर र बसबरिया रामनगर गाउँपालिकालगायतका स्थानीय तहहरूले आ-आफ्नो गाउँसभा तथा नगरसभा सम्पन्न गरी नीति तथा कार्यक्रम  सोमबार सार्वजनिक गरेका हुन्।

यस वर्ष पनि अधिकांश पालिकाहरूले शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै योजना प्रस्तुत गरेका छन्। यद्यपि, हरेक वर्ष प्राथमिकतामा राखिए पनि कार्यान्वयन पक्ष कमजोर रहँदै आएको स्थानीय स्तरमै आलोचना हुने गरेको छ।

बाकी पालिकाहरूले भने मंगलबार असार १० गतेभित्र सभा सम्पन्न गर्ने तयारी गरिरहेका छन्।