सर्लाहीको सदरमुकाम मलंगवा–नवलपुर सडकखण्ड अन्तर्गत चमेली माई मन्दिर नजिक सोमवार साँझ एक युवकमाथि भएको कुटपिट तथा धारिलो हतियार प्रयोग गरिएको घटनालाई प्रहरीले हत्या प्रयासको रूपमा हेरेको छ।

घटनामा घाइते युवक भारतकाे नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई तत्काल उपचारका लागि मलंगवास्थित प्रदेश अस्पताल लगिएको थियो।

रागनी देवी राय (उमेर २८, सितामढी, बिहार) — मुख र छातीमा सामान्य चोट र मनिल महतो (उमेर २५, बिहार) — घाँटीमा हल्का काटिएको चोट लागेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक (DSP) सराेज राईका अनुसार घटनामा प्रेम सम्बन्धकाे पृष्ठभूमि रहेको आशंका गरिएको छ।

प्रहरी अधिकारी राईले बताए अनुसार युवक र युवती सिमापारी बिहारका हुन ।भारतिय माेटरसाईकलमा अाएका उनीहरू प्रेम सम्बन्ध रहेको र त्यसकै कारण घटनाले हिंसात्मक रूप लिएको हुनसक्ने प्रारम्भिक बुझाइ प्रहरीको छ।

घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।