सर्लाहीको कबिलासीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कबिलासी नगरपालिका–५, घरदौलीका देवरायण पासवानका २ वर्षीय छोरा सुरज पासवानको नजिकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अबेर रातिसम्म बालक घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली, स्थानीय र आफन्त मिलेर खोजतलास गर्दै जाँदा बालकको शव राति करिब ९ बजे घर नजिकै रहेको विन्देश्वर रायको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।