नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह सम्मानित भएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आधुनिक पुस्तकालय तथा स्रोत केन्द्र संचालनका लागि पुस्तक प्रदान गरे बापत कांग्रेस सर्लाहीका सभापति सिंह सम्मानित भएका हुन् । विपी स्मृति दिवसको अवसरमा हिजो सानेपामा आयोजित एक कार्यक्रममा केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला सभापति सिंहलाई सम्मान गरेका कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापालगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।