जिल्ला प्रशासन कार्यालय सर्लाहीले सेवाप्रवाहलाई अझ प्रभावकारी र सहज बनाउन नयाँ निर्मित कार्यालय भवनबाट सेवा सुरु गर्ने भएको छ। हाल प्रयोगमा रहेको स्थानबाट आवश्यक कागजात र सामग्री सार्ने कार्य साउन २५ गते (आइतबार) सम्पन्न गरिने कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहद्वारा जारी सूचनामा साउन २६ गतेदेखि नियमित सेवा नयाँ भवनबाट उपलब्ध हुने उल्लेख छ। स्थानान्तरणको क्रममा सेवाप्रवाहमा एक दिन बन्द रहने असुविधा प्रति सेवाग्राहीलाई क्षमायाचना गरिएको छ।