सर्लाहीको मलंगवामा आशिष सामाजिक सेवा नेपालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ।
महेन्द्र होटलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह प्रमुख अतिथि रहनु भएको थियो भने संस्थाका कार्यकारी निर्देशक युवराज विश्वकर्मा अध्यक्षता गरेका थिए।

कार्यक्रममा गत वर्षका गतिविधि सार्वजनिक गर्दै मानव बेचबिखनविरुद्धका चुनौती र आगामी योजनाबारे सरोकारवालाबीच छलफल गरिएको आशिष सामाजिक सेवा नेपालकी जिल्ला संयोजक संगिता नेपालीले जानकारी दिईन ।
कार्यक्रममा विशिष्ट अतिथि रूपमा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल, मलंगवा–८ का वडाध्यक्ष मुकेश जयसवाल, वडा नं. २ का वडाध्यक्ष धिरेन्द्र साह, सशस्त्र प्रहरी प्रमुख , नेपाल प्रहरी, महिला तथा बालबालिका शाखा प्रमुख नगीना राय, मानवअधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, नागरिक समाजका शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

अभियानलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य र समन्वयलाई मजबुत बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।