सर्लाही सदरमुकाम मलंगवामा हरितालिका तीजको अवसरमा तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल दलित सेवा समाजको आयोजनामा तीज विशेष समारोह अध्यक्ष हेमान पासवानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोर्ड सदस्य, स्वयंसेवकलगायतका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महिलाले दर खाई रमाइलो गर्दै संस्कृतिसँगै आपसी एकता र मेलमिलापलाई थप प्रगाढ बनाएका छन्।

संस्थाकी सदस्य दिवानी घिमिरेले मधेशमा रहेको तीजको संस्कृतिलाई जोगाउन र यसको महत्व बुझ्नुपर्ने धारणा व्यक्त गर्दै यस अवसरलाई महिलाहरूको साझा पर्वका रूपमा लिनुपर्ने बताइन्। कार्यक्रममा मलंगवा नगरपालिका उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  जसपा नेपाल मधेश प्रदेश उपाध्यक्ष ा रामपृत पासवान ,जसपा नेपाल सर्लाहीका पुर्व सचिव रंधिर यादव, दलित सेवा समाजका प्रमुख तथा दलित अगुवा रजेश पासवान,संजय मंडल, सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय सङ्गिता नेपाली, रामसोमारी साह, दिव्या साह लगायत महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।