मलंगवा जेसीजको आतिथ्यतामा हुन गईरहेको नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मलंगवा स्थित धार्मिक स्थलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

पहिलो दिनको सरसफाई अन्तर्गत मलंगबाबा मन्दिर परिसरमा साउथ प्वाईन्ट मा.वि. का विद्यार्थीहरुको सहभागिता रहेको थियो।
त्यसैगरी झिलमिलिया माई मन्दिरमा सेन्ट जेभियर्स का विद्यार्थीले सक्रिय भूमिका खेले भने, राजदेवी मन्दिर परिसरमा जेसीज मा.वि. र साउथ प्वाईन्ट का विद्यार्थीले सरसफाई कार्यक्रम गरिएको मलंगवा जुनियर जेसीजका पूर्व अध्यक्ष जेसी प्रिन्स गुप्ताले जानकारी दिएका हुन्।