तथ्यांक समन्वय कार्यालय पर्साको आयोजनामा मलंगवा नगरपालिकामा स्थानीय तह स्तरीय तथ्यांकीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। बिहिबार नगरपालिका सभाहलमा भएको उक्त कार्यक्रम तथ्यांक समन्वय कार्यालय प्रमुख पूर्णबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हो।

गोष्ठीमा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादव, उपप्रमुख शकुन्तला देवी साह, प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, विभिन्न शाखा प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तथ्यांक अधिकृत राजेश दासले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन तथ्यांक समन्वय कार्यालयका खरिदार नरेन्द्र प्रसाद यादवले गरेका थिए। कार्यक्रममा नगरपालिका कार्यालयका कर्मचारीहरूले सम्बन्धित सुझाव र विचारहरू व्यक्त गरेका थिए।

मधेस प्रदेशको वीरगञ्जस्थित तथ्यांक समन्वय कार्यालयले पर्सा, बारा, रौतहट र सर्लाहीलाई कार्यक्षेत्र बनाई काम गर्दै आएको आयोजकले जनाएको छ।