जनमत पार्टीका विभिन्न पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।

नेपालको बर्तमान परिस्थितिलाई ध्यानमा राख्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, केन्द्रीय संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक वि.के. सिंह, वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमले पदबाट राजीनामा दिएका हुन्।

उनीहरूले पार्टीभित्र नयाँ पुस्ताको चाहना, नेतृत्व परिवर्तन आवश्यक भएको र पार्टी नेतृत्वले गरेको निर्णयले अपमान महसुस भएको कारण देखाउँदै सामूहिक राजीनामा दिएका हुन्।

यससँगै उनीहरूले जनमत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूप्रति आभार प्रकट गरेका छन्।