सर्लाही सदरमुकाम मलंगवा सहित जिल्लाभर दुर्गा प्रतिमाहरूको विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
सदरमुकाम मलंगवामा जिबिस चौक, नगरपालिका चौक लगायत स्थानहरूमा निर्मित दुर्गा प्रतिमाहरू आकर्षणको केन्द्र बनेका थिए। विसर्जनका क्रममा सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो। प्रहरीले भीड व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि चोक–चोकमा सुरक्षा तैनाथी गरेको थियो।