गत शनिबार आएको बाढीले क्षतिग्रस्त भएको हुलाकी राजमार्ग आजदेखि पूर्ण रूपमा आवत–जावतका लागि खुलेको छ। लखन्देही खोलाको बाढीले कटान गरेको कौडेना गाउँपालिका–३, पर्सास्थित स्थानमा डाइभर्सन निर्माण भएपछि यातायात पुनः सुचारु भएको हो।