बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि धार्मिक अगुवाहरूको परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

सर्लाही जिल्लाको हरिपूर्वामा बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले धार्मिक अगुवाहरूको परिचालनसम्बन्धी एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

हरिपूर्वा नगरपालिका नेपाली खाजाघरमा आयोजित कार्यक्रमको अध्यक्षता निरन नेपाल सर्लाहीका अध्यक्ष डा. अब्दुर रहीम मिकरानीले गर्नुभएको थियो। कार्यक्रममा सलमा मिकरानी, अन्तरधार्मिक सञ्जाल हरिपूर्वाका गुड्डु झा, कारी हुसैन, चन्द्रनगर गाउँपालिकाका मौलाना अली हुसैन, शिवनाथ राउत, हरिपुरकी अन्तर धार्मिक महिला सञ्जालकी  अध्यक्ष  लक्ष्मी सुनुवार, ईश्वरपुर सचिव राम दयाल माझी, रामकैलास महतो लगायतको सक्रिय सहभागिता रहेको निरन नेपाल मधेश प्रदेश कार्यक्रम अधिकृत अशिष चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले धार्मिक अगुवाहरूको नेतृत्व र सहयोग बिना बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्यको अभियान प्रभावकारी नहुनेमा जोड दिएका थिए ।