लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) सर्लाही जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा केन्द्रीय महासचिव रामप्रवेश बैठा, महासचिव मनीष मिश्र, लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामेन्द्र वर्मा, लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादव लगायत सर्लाहीका केन्द्रीय, प्रदेश र जिल्ला स्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

बैठकले आसन्न महाधिवेशनको तयारी स्वरूप वडा अधिवेशनदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीलाई सुदृढ बनाउने उद्देश्यका साथ आन्तरिक संरचना विस्तार र संगठन सुदृढीकरणमा जोड दिइएको बैठकले जनाएको छ।

त्यसैगरी, बैठकले पार्टीको टिकटबाट निर्वाचित भई पार्टी विपरीत कार्य गर्ने जनप्रतिनिधिहरूलाई आवश्यक अनुशासनात्मक कारबाही गर्ने निर्णय समेत गरेको छ।

बैठकले जिल्लाभर पार्टी सशक्त बनाउने संकल्प गर्दै कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गरेको छ।