नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौको मिति २०८२।०६।२८ गतेको पत्रादेश अनुसार विभिन्न प्रहरी कार्यालयमा सरुवा भई जानु भएका प्रहरी निरीक्षकहरू बालिष्टर सिंह, रबिन्द्र कार्की र रजोश घिमिरेलाई बिदाइ गर्न ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले सरुवा भएका प्रहरी निरीक्षकहरूलाई आगामी जिम्मेवारीमा सफलताको शुभकामना दिँदै अमूल्य निर्देशन प्रदान गरेका थिए। साथै, तीनै जना निरीक्षकलाई मायाको चिनो प्रदान गर्दै स्मरणीय बिदाइ गरिएको थियो।

कार्यक्रममा उपस्थित अधिकृत तथा प्रहरी कर्मचारीहरूले सरुवा भएका सहकर्मीहरूलाई शुभकामना व्यक्त गर्दै, उनीहरूले देखाएको समर्पण र योगदानका लागि धन्यवाद ज्ञापन गरेका थिए।