मलंगवा नगर प्रमुखको कार्यशैली, निष्क्रियता र एकलौटी पराले   नगरपालिकाकाे कार्य गरिरहेको बिरुद्धमा उप प्रमुख,वार्ड अध्यक्षहरु, जेष्ठ नागरिकहरु आम नागरिकहरु र विद्यार्थीहरू विरोध प्रदर्शन तथा प्रेस विज्ञप्ति आजै उपप्रमुखलाई बुझाएका छ्न ।नगरप्रमुख ।नागेन्द्र प्रसाद यादवले नगरपालिकाको कामकारवाही निजीकरण गरेको आरोपसहित वडाध्यक्षहरुले आन्दोलन सुरु गरेका हुन् ।

नगरपालिकाभित्र शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलगायतको तलब र ज्येष्ठ नागरिकलगायतको सामाजिक सुरक्षा भत्ता रोकिएपछि वडाध्यक्षहरु असन्तुष्ट छन् ।

उपप्रमुख साहसमेत वडाध्यक्षहरुको ज्ञापनपत्र बुझेपछि मेयरविरुद्धको आन्दोलनमा सरिक भएकी छन् । मलङ्गवा नगरपालिकाको खाता अहिले रोक्का भएकाले कर्मचारीलाई तलब भत्ता खुवाउन र सामाजिक सुरक्षा भत्ता निकासामा समस्या परिरहेको छ ।

अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका होमनाथ सुवेदीको हस्ताक्षरलाई आधिकारिक नमान्नु अर्थात् स्वीकार नगर्नु भनी मन्त्रालयबाटै पत्र प्राप्त भएको कोलेनिकाले जनाएको छ ।

शिक्षातर्फका उपसचिव सुवेदीलाई बारम्बार निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गरिँदै आएको छ । यस्तै तलब नपाएर शिक्षक आन्दोलित भएपछि मलङ्गवास्थित कृष्णादेवी जनता माध्यमिक विद्यालयका विद्यार्थीसमेत आज नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् ।

आन्दोलित वडाध्यक्षहरुले पनि कृष्णादेवी माविका शिक्षक, विद्यार्थीको समग्र समस्या समाधान गर्न माग गरेका छन् ।