सर्लाहीको मलंगवा नगरपालिका–१० ले जिल्ला प्रशासन कार्यालय अगाडिको पार्किङ समस्या समाधानका लागि नयाँ पार्किङ स्थलको व्यवस्था गरेको छ ।

वडा नं–१० का वडाध्यक्ष मुकेश कुमार झाका अनुसार, नयाँ प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया सँगको भेट तथा छलफलपछि तत्कालका लागि जि.बि.स. चौकस्थित तीन बीघे मैदानको दक्षिण–पूर्व कुनामा गाडी पार्किङको व्यवस्था गरिएको हो ।

वडा कार्यालयले जानकारी दिएको अनुसार यही मिति २०८२ साल कार्तिक २३ गते आइतबारदेखि उक्त पार्किङ स्थल सञ्चालनमा आउनेछ ।

सर्वसाधारणलाई सहज आवागमन र ट्राफिक जाम न्यूनीकरणका लागि गरिएको यो पहल स्वागतयोग्य रहेको बताइएको छ । वडा कार्यालयले सबै सवारीधनीलाई नयाँ पार्किङ स्थलको प्रयोग गर्न आग्रह गरेको छ ।