सर्लाही, गोडैता — वडा अध्यक्ष केशव कुमार यादवको निजी लगानीमा आयोजना हुँदै आएको ‘जाँड, रक्सी, जुवा रहित मेला’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।गोडैता नगरपालिका १२ मधुवनी लगातार चार वर्षदेखि सञ्चालन हुँदै आएको यो मेला सामाजिक सद्भाव र सकारात्मक मनोरञ्जनको उदाहरणका रूपमा स्थापित हुँदै गएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, यस वर्षको मेलामा दश हजारभन्दा बढी सहभागी उपस्थित रहेका थिए। कार्यक्रमको उद्घाटन गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवले गर्नुभएको थियो। सो अवसरमा वडा अध्यक्ष विजयप्रसाद यादव, राजाराम साह, विरेन्द्र झा, मेयर प्रत्यासी गजेन्द्र कुमार यादव, नगरपालिकाका विभिन्न कर्मचारी, जनप्रतिनिधि ,प्रहरी र स्थानियहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

मेलाको मुख्य आकर्षण ९ खण्डको विशाल झण्डा रहेको थियो, जसको माथिल्लो भागमा नेपालको राष्ट्रिय झण्डा अंकित गरिएको थियो।  त्यसैगरी, अमेरिकाबाट आएका गोडैता–१० सिशैटिया निवासी विजय यादव पनि मेलामा विशेष सहभागी बनेका थिए। मेलाको समापनमा रातभर विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको वडाअध्यक्ष केशव कुमार यादवले बताउनुभयो ।