शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका शाखा अधिकृत सुनिल कुमार कुशवाहा पुनः गृह जिल्लामै सेवा गर्न आएका छन्। १६ वर्षको सरकारी सेवामा चौथो पटक गृह जिल्लामा काम गर्ने अवसर मिलेको उनले दुर्लभ र प्रेरणादायी अनुभव बताएका छन्। कुशवाहाले शैक्षिक उन्नयन, गुणस्तरीय सेवा प्रवाह र परिणाममुखी कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।