जिल्लाको चक्रघट्टा गाउँपालिकालाई वारुण यन्त्र अर्थात् दमकल प्राप्त भएको छ ।

जापान सरकारले भोलेन्टियर कोप्र्स नेपाल नामक संस्थामार्फत उपलब्ध गराएको दमकल आज औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । भोलेन्टियर कोप्र्स नेपाल संस्थाका ग्लोबल गुडवील एम्बेस्डर एवम् बरहथवा नगरपालिका १० का स्थानीय सरोज रायको पहलमा प्राप्त भएको दुई थान दमकलमध्ये यसअघि कात्तिक २२ गते बरहथवा नगरपालिकालाई एउटा दमकल प्रदान गरिसकिएको छ ।

समाजसेवी रायको पहलमा प्राप्त दमकल उहाँका बुबा डा. रामस्वार्थ रायले आज चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवलाई हस्तान्तरण गरेका छन् ।