मलंगवा, सर्लाही — ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३४औँ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान–२०८२ को अवसरमा मलंगवा नगरपालिकाको आयोजना तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा मेरो सान अनलाइन टिभीका पत्रकार राजिव साह लाई सञ्चार क्षेत्रमा सक्रिय योगदानको लागि सम्मान गरिएको छ।

कार्यक्रम नगर प्रमुख नगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला नागरिक समाज, ज्येष्ठ नागरिक, प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रमुखहरू समेत सहभागी थिए।

कार्यक्रमका आयोजकहरूले मानवअधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थालाई पनि सम्मान गरेका थिए।