सर्लाही, चैत २५ — माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ अन्तर्गत ऐच्छिक प्रथम विषयको परीक्षा जिल्लाभर स्वच्छ, निष्पक्ष र अनुशासित वातावरणमा सम्पन्न भएको छ।

परीक्षामा कुल ११,३७१ विद्यार्थीमध्ये १०,५१४ जना सहभागी भएका छन् भने ८५७ जना अनुपस्थित रहे। सहभागीमध्ये ५,२९० छात्रा र ५,२२४ छात्र रहेका छन्।

परीक्षा मर्यादित, व्यवस्थित, विश्वसनीय तथा भयरहित वातावरणमा सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका शाखा अधिकृत सुनिल कुमार कुशवाहाले जानकारी दिए। साथै, निर्देशिका–२०८२ अनुसार उत्तरपुस्तिका परीक्षण तथा समपरीक्षण कार्य परीक्षा केन्द्रमै भइरहेको जनाइएको छ।