चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । चोरी कसुरमा काठमाडौं जिल्ला अदालतले उनलाई २३ जेठ २०७९ मा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।