बुधबार बिहान साढे १ बजे सर्पदंशबाट ७७ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी रेशम बोहोराका अनुसार राजापुर–५ जैसपुरका ७७ वर्षीय बेझु चौधरीको कोब्राको सर्पदंशबाट मृत्यु भएको हो ।

पिसाब फेर्न जाने क्रममा सर्पले पैतालामा डसेपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जनाए ।

उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४० किमी पश्चिममा पर्छ ।