मलंगवा २८ असोज -बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५० ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको हुनसक्ने प्रहरीको आशंका छ। अनुसन्धानका क्रममा चिनियाँ नागरिकले भाडामा लिएको गाडी ११ दिनमा पाँच पटकसम्म विमानस्थल पुगेको खुलेको छ। सुन तस्करी आरोपमा पक्राउ परेका तीन चिनियाँ नागरिक हङकङ हुँदै काठमाडौं आएको अध्यागमनको अभिलेखमा देखिएको छ। बरामद सुनको मूल्य करिब ५४ करोड ६० लाख रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।