मलंगवा, २९,असोज, – कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट शेरबहादुर देउवा समूहको जिल्ला सभापति निर्वाचित भएका छन् ।

हिजो आठौं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । अहिले आधिकारिक कांग्रेस गगनकुमार थापासँग रहे पनि विष्ट भने देउवा समूहको जिल्ला सभापति बनेका हुन् ।

यस्तै, उपसभापतिमा भरत मल्ल, केसरसिंह बम, सचिव नेत्र शाही, सविन विष्ट, सहसचिव धिर शाही, मन बहादुर बुढा निर्वाचित भएका छन् ।