Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
तीन महिनामा २ लाख बढी नेपाली गए वैदेशिक रोजगारीमा
साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ
१३ र १४ गते देशका अधिकांश क्षेत्रमा भारी बर्षा अगाबै धान बाली भित्र्याउन मौषम पुर्बानुमान माहशाखाको आग्रह
मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

 नेपालको पहिलो बहुभाषिक चलचित्र ‘प्रतिवैरम’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने नेपालीसहित चार भाषामा एकैसाथ प्रदर्शनको तयारी


Rajib

October 18, 2026 at 10:29 am


रागिनी पंडित
मलंगवा, कात्तिक १-रोशन दासको निर्देशनमा निर्माण भएको नेपालको पहिलो बहुभाषिक कथानक चलचित्र ‘प्रतिवैरम’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। चलचित्रको निर्माण पक्षले शनिबार बिहान सर्लाहीको मलंगवास्थित कुशुम पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शन मिति सार्वजनिक गरेको हो। कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश यादव ‘बबलु’ को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्रको विषयवस्तु, निर्माण प्रक्रिया तथा छायांकनका क्रममा प्राप्त अनुभवबारे जानकारी गराइएको थियो। कार्यक्रममा चलचित्रमा समावेश हालै सार्वजनिक मैथिली गीत ‘मिता रे’ बारे पनि चर्चा गरिएको थियो। दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध, माया र पारिवारिक भावनालाई समेटिएको उक्त गीतले मधेशको पारिवारिक तथा सांस्कृतिक परिवेशलाई चित्रण गरेको निर्माण पक्षले जनाएको छ। गीत आदर्श मैथिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्देशक रोशन दासका अनुसार चलचित्रका अधिकांश दृश्य मधेश प्रदेशका सर्लाही र सिरहा जिल्लामा छायांकन गरिएका छन्। बाँकी दृश्य काठमाडौं, काभ्रेलगायतका जिल्लामा छायांकन गरिएको उनले जानकारी दिए। चलचित्र नेपाली, मैथिली, भोजपुरी र हिन्दी गरी चार भाषामा एकैसाथ प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक दासले बताए। पत्रकार सम्मेलनमा चलचित्रका निर्माता सत्यराज चौलागाईं, अर्का निर्माता हर्ष कुमार यादव, कार्यकारी निर्माता विक्की साह, अभिनेता सम्राट दास, वीरेन्द्र सिंह कुशवाहालगायतले चलचित्र निर्माणका क्रममा प्राप्त अनुभव र चलचित्रको विषयवस्तुबारे आफ्ना धारणा राखेका थिए। मधेशको कथा, समाज र सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ पुर्‍याउन स्थानीय सञ्चारकर्मी तथा सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको प्रचारप्रसारमा सकारात्मक सहयोगको अपेक्षा गर्दै निर्माण टिमले सञ्चारकर्मीहरूसँग सहकार्यका लागि आग्रह गरेको थियो। कार्यक्रममा उपस्थित पत्रकारहरूले पनि आफ्नो तर्फबाट चलचित्रको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। चलचित्र ‘प्रतिवैरम’ रेज इन्टरटेन्मेन्टको प्रस्तुतिमा सिम्पल एड मिडिया, श्रेयन इन्टरटेन्मेन्ट र आदर्श प्रोडक्सन्सको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा निर्देशक रोशन दासले नै लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्। चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण विक, आशिष डिके र रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ। नेसनल सिनेमा ग्रुप नेपाल (NCGN) ले वितरण गर्ने चलचित्र ‘प्रतिवैरम’ मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया !

सम्बन्धित खबर

तीन महिनामा २ लाख बढी नेपाली गए वैदेशिक रोजगारीमा

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

१३ र १४ गते देशका अधिकांश क्षेत्रमा भारी बर्षा अगाबै धान बाली भित्र्याउन मौषम पुर्बानुमान माहशाखाको आग्रह

मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

गाभीबाट सन् २०३० सम्म नेपाललाई साढे ८ अर्बभन्दा बढीको खोप सहयोग उपलब्ध हुने

गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ

१५ सय ट्याब्लेट लागुऔषधसहित एक युवक लालबन्दीमा पक्राउ


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL