इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा २० च७५८८ नम्बरको कारको पछाडि डिक्कीमा लुकाइछिपाई ल्याउँदै गरेको ७ हजार २ सय ८० (७२८०) क्याप्सुल ट्रामाडोल बरामद गरेको प्रहरीले जनाएको छ। 

बरामद लागूपदार्थसहित पक्राउ पर्नेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२३ कोयरिया बस्ने २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१७ अलौ बस्ने २७ वर्षीय सुनिल सहनी रहेका छन्।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।