मलंगवा, कात्तिक,३-भारतको कोलकातास्थित चोरबगानमा दुर्गा पूजा पण्डालमा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

अत्यधिक भीड, साँघुरो बाटो र भारी वर्षाका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको उच्च अदालतका न्यायाधीशबाट छानबिन गरिने भएको छ।

पश्चिम बंगाल सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति र एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहायता दिने बताएका छन्।

घटनामा अन्य २५ जना घाइते भएका छन् ।

पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७:३० बजे उक्त घटना भएको हो । उनका अनुसार सुरुमा १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने पछि थप दुई जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये २४ जनाको अवस्था खतरामुक्त रहेको र एक जनाको अवस्था केही गम्भीर रहेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।

घटनापछि सरकारले मृतकका परिवारलाई जनही २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने र प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ ।