मलंगवा,कात्तिक,५- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक प्रदर्शनलाई आप्रवासीसँग जोड्ने विदेशी नेताहरूको टिप्पणीलाई अस्वीकार्य र भ्रामक बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका नेताहरूले फ्रान्सको घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए।

महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन हिंसा र लुटपाटमा परिणत भएपछि फ्रान्सका प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।