मुगुको गमगढीलाई चीनको नाक्चेलाग्ना नाकासँग जोड्ने ९३ किलोमिटर सडक निर्माण सुरु भएको १० वर्ष बित्दा पनि साढे १८ किलोमिटर मात्रै सडकको मार्ग खुलेको छ। बजेट अभाव, कठिन भूगोल र प्राविधिक समस्याले निर्माण सुस्त बनेको छ। सडक नहुँदा मुगुम कार्मारोङका बासिन्दा अझै यातायात सुविधाबाट वञ्चित छन्।