मलंगवा, कात्तिक.६-रासायनिक मलको अभाव भएपछि स्याङ्जाको वालिङका किसान गड्यौले मलको प्रयोगतर्फ आकर्षित भएका छन्। वालिङको सहकारीले वार्षिक ६५ देखि ७५ हजार किलोसम्म गड्यौले मल उत्पादन गर्दै आएको छ। यसबाट माटोको उर्वराशक्ति बढ्नुका साथै किसानले मल र गड्यौलाको बीउ बिक्री गरेर आम्दानीसमेत गर्न थालेका छन्।