मलंगवा, कात्तिक.६-सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। निर्देशिकाअनुसार मुख्यसचिव र सचिवले ६० लाख, सहसचिवले ५० लाख र उपसचिवले ४० लाख रुपैयाँसम्म ऋण पाउनेछन्। ऋणको ब्याज सरकारले बेहोर्नेछ भने साँवा रकम २० वर्षभित्र तिर्नुपर्नेछ।