मलंगवा, कात्तिक,७-इरानबाट अमेरिकी कूटनीतिज्ञमाथि हत्याको खतरा बढेको गुप्तचर प्रतिवेदनपछि अमेरिकाले मध्यपूर्वका विभिन्न दूतावासबाट कर्मचारी कटौती गरेको छ। साउदी अरेबिया, यूएई, कतार, लेबनान र जोर्डनमा सुरक्षा सतर्कता बढाइएको छ। यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ सैन्य कारबाहीको चेतावनी दिएका छन्।