मलंगवा, कात्तिक,७-नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शुक्रबार दिउँसो काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने भएको हो।

पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

पार्टीले अभियानको उद्घाटन कार्यक्रममा उपस्थित हुन सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको छ।

दुईमहिने राष्ट्रिय जागरण अभियानमार्फत पार्टीले अघि बढाउने कार्यक्रम र गतिविधिबारे भने निमन्त्रणामा विस्तृत जानकारी दिइएको छैन।