मलंगवा, कात्तिक,७-पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। उनी कर्णाली याक्सबाट खेल्नेछन्।

३० वर्षीय फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले ९ शतकसहित ५ हजार ७७५ रन बनाएका छन्।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुनेछ।