मलंगवा, कात्तिक ९ —पूर्वराष्ट्रपति तथा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्। चीनको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’लाई सम्बोधन गर्दै उनले जलवायु न्याय, दिगो विकास र हिमाली क्षेत्रमा विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी थिइन्। साथै, जलवायु परिवर्तनको असर भोगिरहेका नेपालजस्ता मुलुकका सरोकारलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी थिइन्।